धरानको बजेट एक अर्बभन्दा बढी
काठमाण्डौ।सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।
धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्नुभएको हो । कूल बजेटमध्ये चालुतर्फ रु ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ रु...